नेपाल टी–ट्वान्टी लिग पुस ८ देखि

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता पुस ८ गतेदेखि सञ्चालन हुँदैछ । प्रतियोगिता पुस २६ गतेसम्म जारी रहनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित टियु मैदानमा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।
पहिलो दिन लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेडबीच पनि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ । लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी हुँदै छन् ।
यस्तो छ खेल तालिका-
प्रतिक्रिया