राष्ट्रिय खेलकुदमा पदक जित्ने खेलाडीलाई प्रदेश सरकारको पुरस्कार

विराटनगर । गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर पदक जितेका खेलाडीलाई प्रदेश १ सरकारले नगदसहित सम्मान गर्ने भएको छ ।

प्रदेश १ मन्त्रिपरिषदको वैठकले नवौं राष्ट्रिय खेलकुदमा प्रदेशबाट सहभागी भएर पदक जितेका खेलाडीहरुलाई पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो ।

नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजारले पुरस्कृत गर्ने निर्णय भएको जनाइएको छ ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म आयोजना भएको थियो ।

प्रतियोगितामा प्रदेश १ का तर्फबाट सहभागी भएका खेलाडीहरुले १० वटा स्वर्ण, २३ रजत र ५० कास्य पदक गरी ८३ पदक जितेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *