चीनमा फेरि तीव्र रुपमा बढ्दै कोरोना संक्रमण

काठमाडौं । चीनमा हालसम्मकै सबैभन्दा ठूलो कोभिड–१९ को लहर आएको छ । पछिल्ला दिन चीनमा तीव्र गतिमा कोभिडको संक्रमणको दर बढिरहेको छ । यो अवस्थामा छिमेकी मुलुक भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ ।
चीनमा अहिले कोरोनाको संक्रमण दर तीव्र गतिमा बढिरहेको बीबीसीले समाचारमा जनाएको छ । आगामी केही महिनामा चीनमा कोभिड–१९ बाट ८० करोड मानिस संक्रमित हुने त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
एनपीआरको रिपोर्टका अनुसार चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख हुन सक्छ । यद्यपि चीनको अहिलेको आधिकारिक आँकडा यो संख्याभन्दा निकै कम छ ।
चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार मंगलबार मात्र कोभिड–१९ को संक्रमणबाट पाँचजना र सोमबार दुईजनाको मृत्यु भएको थियो ।
चीनले अद्यावधिक गरिरहेको कोभिड–१९ बाट मृत्यु हुनेहरुको तथ्यांक राखिरहेको छ यो विश्व स्वास्थ्य संगठनको मानकविपरीत रहेको जनाइएको छ । चीनले श्वासको रोगबाट मृत्यु हुनेलाई समेत कोभिड–१९ बाट मृत्यु भएको भनेर सार्वजनिक गरिरहेको छ ।
चीनका साथै जापान, दक्षिण कोरियामा पनि कोभिड–१० संक्रमण तीव्र रुपमा बढिरहेको छ ।