अफगान महिलालाई उच्च शिक्षामा प्रतिबन्ध

काठमाडौं । तालिबान अधिकारीहरूले महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा राष्ट्रव्यापी प्रतिबन्ध लगाउन आदेश दिएका छन् ।

कट्टरपन्थी इस्लामवादीहरूले अफगान महिलाहरूको शिक्षा र स्वतन्त्रताको अधिकारलाई दमन गर्ने क्रम बढ्दै जाँदा शिक्षा हासिल गर्न पनि प्रतिबन्ध लगाइएको हो ।

गत वर्ष सत्ता कब्जा गर्दा नरम नियम बनाउने वाचा गरे पनि तालिबानले अन्तर्राष्ट्रिय विरोधका बीच महिलाको जीवनका सबै पक्षमा प्रतिबन्ध लगाएको छ ।

उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदीमले हस्ताक्षर गरी सबै सरकारी तथा निजी विश्वविद्यालयलाई सूचना जारी गर्दै महिलालाई शिक्षामा रोक लगाएको जनाइएको छ ।

‘अर्को सूचना नभएसम्मका लागि महिला शिक्षा स्थगन गर्ने उल्लेख गरिएको आदेशलाई तत्काल कार्यान्वयन गर्न सबैमा जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

उक्त सूचनामूलक पत्र ट्वीट गर्ने मन्त्रालयका प्रवक्ता जियाउल्लाह हाशिमीले आदेश पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *