अचेल के गर्दैछौ

ऊः अचेल के गर्दैछौ
मः घरै बस्छु
गौरवका साथ म जवाफ दिन्छु
मानौं उसका नजर मलाई
गिज्याइरहेछन् ।

जन्मसिद्ध अधिकार पाएकी म गर्वसाथ
घरै बसी बसी खान्छु निर्धक्क जवाफ
दिन्छु ।
अहँ, निस्फिक्री धक नमानी, पटक्कै लजाउँदिन
क्रियाशील अनि शिक्षित भएर घरै बस्ने ?
पुनः प्रश्न
अलिकति झर्किन्छु म
किन गृहिणी हुनुमा के दोष छ ?
घर लथालिङ्ग पार्नु समझदारी हो ?

उ प्रश्नमाथि प्रश्न गर्छ
अनि म नझर्कीकन प्रतित्युत्तर दिइरहन्छु
हाजिरीजवाफ झैँ ।

मान्छेलाई अरुको उपहास गर्न
कत्ति सजिलो कसैको गरिमाको
पटक्कै ख्याल नराखी
किन शिक्षितले घर सजाउनु
अपराध हो र ?
म आफैंभित्र प्रश्न गर्छु ।

–विराटनगर १०


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *