७० वर्षपछि प्रेमिकालाई भेट्दा…

काठमाडौं । जीवनभरको खोजीपछि अमेरिकी युद्धका अग्रणी योद्धा डुआन मान अन्ततः हराएकी आफ्नी प्रेमिका पेग्गी यामागुचीलाई भेट्न सफल भएका छन् । यसका लागि क्यानाडाको भ्यानकुभरकी खोजकर्ता थेरेसा वङले सहयोग महत्वपूर्ण मानिएको छ ।

मानले फेसबुकमा यामागुचीलाई भेटाउन सहयोगको आग्रह गर्दै फेसबुकमा पोस्ट गरेका थिए । त्यसक्रममा उनले करिब ७० वर्षअघि उनीसँग भएको सम्बन्धबारे जानकारी पनि दिएका थिए ।
मानको उक्त पोस्टले संसारभरिका हजारौं मानिसहरुको ध्यान तानेको थियो। त्यसगरी ध्यान तानिएकीमध्ये वङले पनि त्यसबारे जानकारी लिएकी थिइन् । उनैको पहलमा दुईजनाको भेट भएको हो ।

वङले ती योद्धाले भनेजस्तै कोही आफ्नो रुममेटको कोठामा बसेको याद भएको र ती महिला आफूलाई पेग्गी भएको जस्तो लागेको उल्लेख गरेकी छन् । जब मानले खोजीका लागि आग्रह गरे अनि वङले मेहनतका साथ खोजबिन गरेकी थिइन् ।

उनले १०५६ फेब्रुअरी ३ को एउटा पत्रिकाको अनलाइन लेखमा पेग्गीको नाम फेला पारेको बताएकी छन् । वङले अमेरिकी टेलिभिजन स्टेशन एइटिभीका पत्रकार मिशेल बान्दुरलाई आफूले संकलन गरेका सबै जानकारी दिएकी थिइन् । ती पत्रकारले ९१ वर्षीया वृद्धबारे समाचारहरु प्रशारण गरिरहेकी थिइन् ।

वङले त्यसरी दिएको जानकारी उपयोगी साबित भयो। उनकै जानकारीका आधारमा मानले जीवनभर खोजिरहेको प्रेमिका फेला पार्न सके ।

मान आयोवामा बस्थे भने पेगी आफ्ना तीन छोराहरुसँग मिशिगनमा बस्थिन् । सन् १९५३ मा मान जापानमा रहँदा दुईजनाबीच प्रेम सम्बन्ध भएको थियो । उनलाई केही समयपछि स्वदेश बोलाइएको थियो । मान र यामागुचीले विवाह गर्ने योजना पनि बनाएका थिए। अलग्गिएपछि उनीहरुले एकअर्कालाई पत्र पनि लेखेका थिए ।

मानले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुलाई बताएअनुसार उनकी आमाले यामागुचीका चिठीहरु जलाइदिएकी थिइन् । जापानी महिलासँग विवाह होस् भन्ने नचाहेकाले उनले यस्तो गरेकी थिइन् ।

त्यसपछि दुबैले फरक व्यक्तिसँग विवाह गरे । आफ्नो बेग्लाबेग्लै परिवार भयो। छोराछोरी हुर्काए । यति भए पनि दुबै नजिक रहन चाहन्थे । यामागुचीले बिर्सिएको वा त्यागेको ठानेको हुनसक्ने आफूले अनुभव गरेको मानले बताएका छन् ।

गत साता यामागुचीसँग भेट्न उनी आफ्ना छोरा ब्रायनसँग गएका थिए । जीवनभर प्रतीक्षा गरेको कुरा पाउँदा आफू असाध्यै खुसी भएको मानले बताएका छन् ।

भेटका क्रममा ब्रायनले आफ्नो बुवाले युवकजस्तो स्वभाव प्रदर्शन गरेको देख्न पाउँदा रमाइलो भएको अनुभव सुनाएका छन् । ‘त्यसबेला बुवाले ९१ वर्षको भन्दा धेरै नै कम उमेरको मानिसको जस्तो गतिविधि गर्नुभयो’ उनले भनेका छन् ।

मानले जवान र मायामा परेका जोकोहीलाई त्यसैमा रमाउन सल्लाह दिएका छन् । मानिसको जीवन कुन कुनामा पुगेर परिवर्तन हुन्छ भन्ने थाहा नपाइने उल्लेख गर्दै उनले आफूले जे भोग्नु पर्यो, त्यस्तो अरु कसैलाई नहोस् पनि भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *