प्रदेशसभा सदस्यहरूको शपथ पुस ११ मा

विराटनगर । नवनिर्वाचित प्रदेशसभा सदस्यलाई प्रदेश १ प्रदेशसभा सचिवालयले पुस ११ गते शपथ ग्रहण गराउने भएको छ । प्रदेश १ प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुुसार ११ गते दिउसो साढे १ बजे सपथ ग्रहणको समय तय गरिएको छ ।

९३ सदस्यीय प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले सबैभन्दा पहिले प्रदेश प्रमुखबाट सपथ ग्रहण गर्नेछन् । त्यसपछि उनले प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराउनेछन् ।
संविधानको धारा १८२ को उपधारा ५, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम सपथग्रहण गराउने सचिवालयले जनाएको छ ।

सपथ लिन आउने सांसदले निर्वाचन आयोगले दिएको प्रदेश सभा सदस्यको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइजको फोटो लिएर दुई घण्टाअघि उपस्थित हुन सचिवालयले आग्रह गरेको छ ।

आफ्नो मातृभाषामा सपथग्रहण गर्न चाहने प्रदेशसभा सदस्यले उल्था गरेको सपथको व्यहोरा तीन दिनअघि बुझाउन सचिवालयले आग्रह गरेको छ ।

प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ जना निर्वाचित भएका छन् ।

प्रदेशसभा सदस्यमा नेकपा (एमाले) ले ४०, नेपाली कांग्रेसले २९, नेकपा (माओवादी केन्द्र) ले १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ६, नेकपा (एकीकृत समाजवादी) ले ४ र जनता समाजवादी पार्टी (जसपा) ले १ सिट प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *