श्रीमानको माछा मार्ने बानीबाट दिक्क भएपछि…

काठमाडौ । श्रीमानको माछा मार्ने बानीका कारण दिक्क भएकी एक चिनियाँ महिलाले वैवाहिक सम्बन्ध तोडेकी छन् । श्रीमानले आफ्नो परिवारभन्दा पनि ‘फिसिङ’ लाई बढी महत्व दिने गरेको भन्दै १० वर्ष लामो सम्बन्ध टुंग्याउँदै सम्बन्धबिच्छेद गरेकी हुन् ।

‘अडिटी सेन्ट्रल’ का अनुसार चीनको सानडोङ प्रान्तस्थित जुवे काउन्टी पिपल्स कोर्टमा पेश गरिएको सम्बन्धविच्छेदको निवेदनमा झाङ थर भएकी महिलाले आफू श्रीमानको फिसिङ गर्ने बानीले दिक्क भइसकेको बताएकी थिइन् ।

आफूले घरको सबै काम गर्नुपर्ने् दुई सन्तानको हेरविचार पनि गर्नुपर्ने तर श्रीमान भने सोफामा बसेर स्मार्टफोन चलाइरहने अनि बेलुकाको खाना खाएपछि सधैँ साथीहरुसँग फिसिङ जाने गरेको उनको भनाइ छ ।

बच्चाहरुको हेरचाह गर्न र परिवारलाई समय दिन आग्रह गर्दा नमानेको ती महिलाले बताएकी छन् । केही उपाय नलागेपछि आफूले सम्बन्धबिच्छेद गर्ने निर्णय गरेको उनको भनाइ छ ।

‘श्रीमतीको गुनासोले वाक्क भएका सन थर भएका पुरुषले पनि आफ्नो वैवाहिक सम्बन्ध तोड्ने निर्णय गरेका थिए । दुई जनाबीच कुरा मिलाउन नसकेपछि न्यायाधीशले सम्बन्धविच्छेदको निवेदनलाई मञ्जुरी दिएको चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *