विश्वकप फुटबलको २३औँ संस्करण क्यानाडा, अमेरिका र मेक्सिकोमा

फिफा विश्वकपको २३ औँ संस्करण क्यानाडा, अमेरिका, र मेक्सिकोमा आयोजना हुनेछ। तीन राष्ट्रले संयुक्त रुपमा विश्वकप गर्न लागेको यो पहिलो पटक हो।

अर्को विश्वकप तीन वर्ष ६ महिनापछि सन् २०२६ मा हुनेछ। यो विश्वकपमार्फत सहभागी टिमको संख्या ३२ बाट ४८ पुग्नेछ।

प्रतियोगिता सुरु हुने मिति भने निश्चित भइसकेको छैन। तर नियमित तालिका जुन, जुलाइमा नै विश्वकप फर्कने बताइएको छ।

यसपटक नोभेम्बर, डिसेम्बरमा विश्वकप सञ्चालन भएको यो पहिलो पटक हो। कतारको गर्मीलाई छल्न फिफाले समय परिवर्तन गरेको थियो।

मेक्सिकोले यसअघि सन् १९७० र १९८६ मा विश्वकप सञ्चालन गरिसकेको छ। सन् २०२६ मा मेक्सिको आयोजक र सहआयोजकका रुपमा तीन विश्वकप गर्ने पहिलो देश बन्नेछ।

यस्तै सन् १९९४ को विश्वकप अमेरिकामा भएको थियो। क्यानाडाले भने विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता पहिलो पटक आयोजना गर्दैछ। सबैभन्दा बढी ६० खेल अमेरिकामा हुनेछ।

मेक्सिको र क्यानाडामा दश–दश खेल खेलाइने तालिका छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *