औद्यागिक क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गरिने

विराटनगर । औद्योगिक क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न पहल थालिएको छ । यसका लागि उद्योग संगठन मोरङ र इन्स्योर परियोजनाबीच सम्झौता गरिएको छ ।

तीन वर्षका लागि गरिएको औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनसम्बन्धी सम्झौतामा संगठनका अध्यक्ष सुयश प्याकुरेल र इन्स्योर परियोजनाका टिम लिडर रविन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति र बजारमा उपलब्ध जनशक्तिका बीचको भिन्नताका कारण उद्योग व्यवसायले भोग्दै आएको समस्यालाई सम्बोधन गर्न केन्द्र सञ्चालन गरिने भएको हो ।

केन्द्रले उद्योगहरुलाई आवश्यक दक्ष जनशक्तिको तथ्यांक संकलन, उद्योगको आवश्यकताअनुरुप तालिम सञ्चालनका लागि प्रदायक संस्थाहरु बीच सम्पर्क माध्यमको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

यसैगरी समयानुकुल पाठ्यक्रम परिमार्जनका सम्वन्धमा नीतिगत सुझावहरु केन्द्रले सम्बन्धित निकायमा दिनेछ । निजी क्षेत्र, तालिम प्रदायक संस्थाहरु एव नेपाल सरकारका सरोकारवाला निकायहरु बीच निरन्तर सहजीकरण गरी जनशक्ति उत्पादनका सन्दर्भमा समन्वयकारी भूमिका निर्वाह गर्ने सम्झौतामा उल्लेख छ ।

यसअघि केन्द्रले विभिन्न उद्योग व्यवसायसँग समन्वय गरी ‘अप्रेन्टिसीप’ मोडेलमा ३३ जना प्रशिक्षार्थीहरुलाई रोजगारीको व्यवस्था गरेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *