पुरूषको वीर्यमा शुक्रकीटको मात्रा ५१ प्रतिशत घटेको अध्ययनको निष्कर्ष

काठमाडौं । पुरुषको वीर्यमा हुने शुक्रकीटको औसत मात्रा ५० वर्षयता ५१ प्रतिशतले घटेको एक अध्ययनले देखाएको छ ।

इजरायलको हिब्रु विश्वविद्यालय र अमेरिकाको माउन्ट साइनाई स्कुल अफ मेडिसिनले भर्खरै गरेको अनुसन्धानले पुरुषको वीर्यमा हुने शुक्रकीटको औसत मात्रा घटेको देखाएको बीबीसीले जनाएको छ ।
यसअघि सन् १९७० मा गरिएको अध्ययनमा एक मिलिलिटर वीर्यमा औसत १० करोड १० लाख जति प्रजनन क्षमतायुक्त शुक्रकीट हुने गरेकोमा अहिले घटेर चार करोड ९० लाखमा झरेको पाइएको छ ।

अहिले उपलब्ध शुक्रकीटमा पनि महिलाको डिम्बभित्र प्रवेश गर्न सक्षम शुक्रकीटको सङ्ख्या निकै घटेको पाइएको अध्ययन टोलीका सदस्य एन्ड्रोलजिस्ट मोएसर राफाएल राडाएलीले बताउनुभएको बीबीसीले जनाएको छ ।

शुक्रकीटको मात्रा घट्ने क्रम सन् २००० पनि धेरै बढेको छ । पुरुषको शुक्रकीट घट्नुको मुख्य कारण मोटोपना देखिएको छ ।

यस्तै दुर्व्यसन, यौनाङ्गबाट सर्ने सङ्क्रमण, खानेकुराको प्रभाव, काखमा राखेर कम्प्युटर चलाउनु र अर्मोन उत्पादन गर्ने गन्थ्रीहरूमा हुने अवरोधका कारण शुक्रकीटको मात्रा घटिरहेको अध्ययन प्रतिवेदनमा भनिएको छ ।

अध्ययन प्रतिवेदनमा बुबा बन्न चाहने पुरुषलाई शारीरिक सक्रियता बढाउनुको साथै जाँड–रक्सी र चुरोट नखान सुझाव दिइएको छ । यस्तै खानपानमा ध्यान दिएर शरीरलाई मोटोपनाबाट जोगाउनुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *