एन्फालाई सुपर लिग सञ्चालन गर्न इभेन्ट म्यानेजमेन्ट कम्पनीको सहयोग

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गर्ने फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) सञ्चालनका लागि नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनीले सहयोग गर्ने तय भएको छ ।
यसका लागि एन्फाले मंगलबार एनएसएल आयोजक नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिसँग आठ वर्षको सम्झौता गरेको छ ।
एन्फाका महासचिव किरण राई र नेपाल नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिका अध्यक्ष आश्रयता कार्की चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिले एनएसएल आयोजनाका लागि एन्फालाई १७ करोड २१ लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता छ ।
त्यस अवसरमा अध्यक्ष चौधरीले एनएसएलको पहिलो सिजनका लागि १५ लाख रुपैयाँको चेक महासचिव राईलाई हस्तान्तरण गरेकी थिइन् ।
प्रतिक्रिया