पुस अन्तिमदेखि दर्शकमाझ ‘तिम्रो मेरो साथ’

काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ पुस अन्तिमदेखि प्रदर्शनमा आउने भएको छ । त्यसअघि फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरमा फिल्मका केही प्रमुख दृश्य देखाइएको छ । फिल्ममा अभिनेता पुष्पको साम्राज्ञी र डेब्यु अभिनेत्री इमिली लामासँंग रोमान्स देखाइएको छ ।

पुष्पको दुईतर्फी प्रेमले निम्त्याउने बिभिन्न परिस्थिति फिल्मले कथाको रुपमा देखाएको छ । सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा पुष्प, साम्राज्ञी र इमिलीको अलवा सन्दीप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, दीपिशा केसीलगायत कलाकारको अभिनय छ ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको लेखन रहेको फिलममा शिव ढकालको छायांकन, सुवाष भुषाल, योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन छ । फिल्म पुस २९ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *