घर चलाउन घरैबाट दूर…

केही पैसा कमाउन मजबुर हुन्छ केटा
अनि घर चलाउन घरैबाट दूर हुन्छ केटा

उमेर नपुग्दै घरको जिम्मेवारी थपिएपछि
पढाइ छोडी सहर गएर मजदुर हुन्छ केटा

कसैले देखी नहालोस् भनेर कहिल्यै रूँदैन
मनमा पीडा लुकाएको भरपूर हुन्छ केटा

छोरीलाई त सबैले लक्ष्मी स्वरूप भन्छन्
तर कोही पनि भन्दैन ‘कोहिनुर’ हुन्छ केटा

-सुनवर्षी, मोरङ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *