चार महिनापछि आजबाट कोशीको हिउँदे अधिवेशन
फाइल तस्बिर
विराटनगर। कोशी प्रदेशसभाको हिउँदे एवं छैटौं अधिवेशन आज सोमबार सुरु हुँदैछ। अघिल्लो अधिवेशन अन्त्य भएको चार महिनापछि हुन लागेको अधिवेशन दिउँसो २ बजेदेखि राखिएको छ।
गत असोज ४ गते पाँचौं अधिवेशन अन्त्य भएको थियो। प्रदेशसभा सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठकका लागि ५ वटा कार्यसूची तय गरिएको छ।
सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ पेस गर्ने र सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेस गर्ने कार्यसूची छ।
त्यस्तै, मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको सर्त सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेवल हुनेछ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले आआफ्नो मन्तव्य राख्ने कार्यसूची छ।
प्रतिक्रिया
