आक्रमणमा कोशीका पूर्वमुख्यमन्त्री थापा घाइते

विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट फर्कने क्रममा उनीमाथि सुरुङ्गामा आक्रमण भएको हो। थापाको निधारमा चोट लागेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरु नेपाल विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी हुन्। प्रहरीले पक्राउ परेकाहरुको नाम खुलाएको छैन।

बा १ झ ६५३ नम्बरको गाडीमा सवार थापामाथि बा १ ञ १८७० मा सवार प्राधिकरणका कर्मचारीले आक्रमण गरेका थिए। निधारमा चोट लागेका थापाको बिर्तासिटी अस्पतालमा उपचार गरिएको छ।

व्यक्तिगत सुरक्षा गार्डसहित रहेका थापालाई ‘ओभरटेक गर्ने?’ भन्दै दुई जनाले गाडी रोकेर आक्रमण गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *