भद्रपुर झापा गोल्डकपका लागि व्यवस्थित पारिँदै मेची रंगशाला

बिर्तामोड । झापाको चन्द्रगढीस्थित मेची रंगशालामा अठार वर्षपछि गोल्डकप फुटबल हुने भएको छ । भद्रपुरका युवा, व्यवसायी, जनप्रतिनिधि र स्थानीयको सक्रियतामा फागुन ७ देखि १६ गतेसम्म ‘भद्रपुर झापा गोल्डकप’ हुने भएको हो ।

प्रतियोगिताका लागि मैदान व्यवस्थित पार्ने, दर्शकका लागि प्याराफिट मर्मत सम्भार गर्ने काम भइरहेको छ ।

२०२५ सालताका निर्माण भएको मेची रंगशाला पछिल्लो समय स्याहार नपुग्दा बेवारिस जस्तो बनेको थियो ।

अब प्रतियोगिता हुने भएपछि व्यवस्थित बनाउने काम धमाधम भइरहेको छ ।

सरकारले मर्मत सम्भारमा ध्यान नदिँदा संरचना जीर्ण भएका थिए । गोल्डकप आयोजक समितिले मैदान एवं प्यारापिट निर्माण तथा रङरोगनको काम गर्दैछ ।

प्रतियोगितामा सातवटा एडिभिजन क्लब, भारत, भुटान र बंगलादेशका एक–एक गरी १० टिमको सहभागिता रहनेछ ।

पहिलो संस्करणको भद्रपुर झापा गोल्डकपका लागि एक करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद १३ लाख र उपविजेताले ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फवार्ड र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *