मध्यराति हात्तीले आक्रमण गर्दा मृ*त्यु
प्रतीकात्मक तस्बिर
विराटनगर। हात्तीको आक्रमणमा परी मोरङको सुन्दरहरैँचा नगरपालिका–८ भृकुटी टोलका ७३ वर्षीय हरिप्रसाद घिमिरेको मृत्यु भएको छ।
शुक्रबार मध्यराति राति घरबाट निस्किएको अवस्थामा नजिकै रहेको जंगलबाट आएको हात्तीले उनलाई आक्रमण गरेको थियो। प्रहरीका अनुसार घिमिरेको घटनास्थलमै मृत्यु भएको थियो।
प्रतिक्रिया
