दुर्घटनामा भोजपुरका एमाले नेताको मृ*त्यु

सुनसरी। इटहरी उपमहानगरपालिका–२० तरहरामा मोटरसाइकल दुर्घटना हुँदा भोजपुरका एमाले नेता ३१ वर्षीय विजय राईको मृत्यु भएको छ।

दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका–५ का राईको मृत्यु भएको हो। उनी नेकपा एमालेको उक्त वडा समितिका अध्यक्ष हुन्।

भित्री सडकबाट तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ मंगलबार बेलुका सडकछेउ बिजुलीको खम्बामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

त्यस क्रममा राई गम्भीर घाइते भएका थिए। उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा राति नै उनको मृत्यु भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *