काँकडभिट्टाबाट धरान गइरहेको नागरिक बस पल्टँदा ११ घाइते
झापा। झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरस्थित पूर्वपश्चिम राजमार्गमा आज बुधबार बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। काँकडभिट्टाबाट धरान गइरहेको मे १ ख २५४५ नम्बरको ‘नागरिक’ बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये केहीलाई टाउको, ढाड र हातमा चोट लागेको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।
बसका चालक झापाको मेचीनगर नगरपालिक-१० धुलाबारीका ५४ वर्षीय टीका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले नियन्त्रणमा लिएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय झिलझिलेबाट करिब २ किलोमिटर पश्चिम पर्छ।
प्रहरीका अनुसार घाइते यात्रुहरुको नाम
१) गुणा कोइराला (५४ वर्ष), विराटनगर–३, टाउको र हातमा चोट।
२) दीपा निरौला (३४), विराटनगर, सामान्य चोट।
३) म्यारी निरौला (१७), विराटनगर, सामान्य चोट।
४) निर्मला निरौला (३८), विराटनगर, सामान्य चोट।
५) शर्मिला कोइराला (५९), विराटनगर–४, ढाडमा चोट।
६) टंक शिवाकोटी (३२), झिलझिले, सामान्य चोट।
७) आन्सा फ्यादेन (३०), विराटनगर, सामान्य चोट।
८) सुमना लिम्बु (२१), विराटनगर, सामान्य चोट।
९) पुष्पलाल अधिकारी (५१), बिर्तामोड–६, टाउको र पाखुरामा चोट।
१०) चन्द्रकला अधिकारी (४९), बिर्तामोड, टाउको र कम्मरमा चोट।
११) शान्तिराम खतिवडा (४०), कमल गाउँपालिका–६, दुवै हातमा चोट।
