७१ वटा जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त
काठमाडौं। सरकारले ७१ वटा जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन्।
सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले ३५–३५ वटा जिल्ला र सात वटा जिल्लामा मधेश केन्द्रित दललाई भाग दिइएको छ।
भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूलाई शपथ गराएका छन्।
शपथ कार्यक्रममा मन्त्री अधिकारीले अब बन्ने भूमि समस्या समाधान आयोगले जग्गासम्बन्धी सबै समस्याहरूको अन्त्य गर्ने दाबी गरे।
प्रतिक्रिया
