पोखरीमा कार खस्दा अमेरिकामा २ नेपालीको मृत्यु
तस्बिर साभारः एनबीसी वाशिङ्गटन डटकम
काठमाडौं। अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ। स्थानीय समयअनुसार बिहीबार बिहान ७ बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खसेको थियो ।
उक्त कार चलाइरहेका ५५ वर्षका कर्ण खड्का र उनका नातेदार २० वर्षका निश्चल भट्टको मृत्यु भएको स्थानीय प्रहरीलेले जनाएको छ।
‘एनबीसी वाशिङ्गटन डटकम’ का अनुसार खड्का सोही होटलमा हाउस किपिङमा काम गर्थे। उनले आफ्नो भान्जा नाता पर्ने अर्का व्यक्तिलाई त्यही होटलमा काम लगाइदिने भनेर होटलमा लगेका थिए।
त्यस क्रममा पार्किङ क्षेत्रबाट हिउँमा चिप्लिएर कार करिब १० फिट गहिरो पोखरीमा खसेको थियो। मृतक कर्ण थापा छोरी ज्वाइँ र श्रीमतीसहित अमेरिकामा बस्दै आएका थिए।
प्रतिक्रिया
