माघ ११ देखि विराट एक्स्पो

विराटनगर । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौँ संस्करण माघ ११ गते सुरु हुने भएको छ । उद्योग सङ्गठन मोरङले आयोजना गर्ने औद्योगिक एवं व्यापारिक महोत्सव १० दिनसम्म चल्ने छ ।

एक्स्पो विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरिने छ । उद्योग सङ्गठनले सोमबार पत्रकार सम्मेलन गरेर एक्स्पोको तयारी थालिएको जानकारी दिएको छ ।

‘डिजिटल कोशी बिल्डिङ इनोभेसन एण्ड इन्भेस्टमेन्ट’ नाराका साथ सञ्चालन हुने एक्स्पोमा २ सय ६८ वटा स्टलहरू रहने एक्स्पोका संयोजक भोला दुलालले बताए ।

एक्स्पोमा ९ पेभिलियनमा विराट बजार बिटुबीको १२ वटा, स्टार्टअप भिजन कोशी ह्याकाथुनको १२ वटा, रोजगार कोशीका लागि १२ वटा, व्यावसायिक सेवा प्रदायकको ४० वटा, अटोमोवाइल्सका २० वटा, औद्योगिक क्षेत्रका ७५ वटा, औद्योगिक, कर्पोरेट र कृषिका ७५ वटा स्टल रहनेछन् । एक्स्पोमा रोजगारीका लागि तालिम पनि दिइने जनाइएको छ ।

विराट एक्स्पोका संयोजक भोला दुलालद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत विस्तृत विवरण–

आर्थिक एवम् औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापित निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था उद्योग सङ्गठन मोरङको आयोजनामा हुने विराट एक्स्पो २०२५ को तयारी तिव्र गतिमा भइरहेको छ । आठौ संस्करणका रुपमा यसपटकको विराट एक्स्पो विराटनगरको डिग्री क्याम्पस परिसरमा विराट एक्स्पो २०२५ Digital Koshi: Bridging Innovation & Investment थिममा मिति २०८१ माघ ११ गते देखि २० गतेसम्म हुनेछ ।

सङ्गठनले सबैभन्दा पहिला एक्स्पोको आयोजना २०५३ सालमा कोशी महोत्सवको नामबाट गरेको थियो । आज २०८१ सालमा विराट एक्स्पोको आठौँ संस्करणसम्म आइपुग्दा यो एक्स्पो नेपालमा आयोजना हुने अन्तराष्ट्रिय स्तरको थोरै औद्योगिक एक्स्पो मध्ये आफ्नै छुट्टै पहिचान र ब्रान्डको रुपमा स्थापित हुन सफल भएको छ । यो विशुद्ध रुपमा औद्योगिक एक्स्पो भएकाले यसको माध्यमबाट उत्पादक र उपभोक्ताबिच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान प्रदानका साथै उद्यमी व्यवसायीलाई व्यवसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पुर्‍याउनेछ ।

यसअघि सातौँ संस्करणको विराट एक्स्पोमा कृषि तथा औद्योगिक प्रदर्शनी र सांस्कृतिक कार्यक्रमसँगसँगै आर्थिक एवम् औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा केन्द्रित दैनिकरूपमा फरक फरक विषयमा सेमिनारहरू आयोजना गरिएको थियो । नव प्रवर्तनलाई प्रोत्साहन गर्न स्टार्टअप पेभिलियन, श्रम रोजगार फाँटका लागी रोजगार पेभिलियन, पर्यटन प्रवर्द्धनका लागि पर्यटन पेभिलियन र लगानी पेभिलियनहरुको छुट्टाछुट्टै व्यवस्थापन गरी समग्र औद्योगिक विकासको इकोसिस्टम प्रबर्द्धन गर्ने प्रयास गरि केही फरक र नयाँपन दिने प्रयत्न गरिएको थियो ।

युवा पलायन वर्तमान समयमा सर्वत्र चासो र चिन्ताको विषय भइरहेको अवस्थामा युवालाई स्वदेश मै काम गर्नसक्ने वातावरण तयार गर्न फाउन्डेसनबाट काम गर्नुपर्दछ भन्ने मान्यताका साथ यस पटक आठौँ संस्करणको विराट एक्स्पोलाई त्यस प्लेटफर्मको रुपमा प्रयोग गरिनेछ । एक्स्पोमा कोशी प्रदेशको समग्र आर्थिक विकासको औद्योगिक ईको सिस्टम निर्माणका साथै उद्यमशीलताको विकासलाई मोमेन्टम दिन डिजिटल प्रविधिको प्रयोगमा फोकस गरिएको छ ।

विशेषगरि युवाहरूले डिजिटल प्रविधिमा आधारित रहेर सञ्चालन गरेको उद्योग/व्यावसायले प्राप्त गरिरहेको सफलतालाई मध्यनजर गरी करियर काउन्सिलिङ, ए.आई. कन्फरेन्स, StartupVision Koshi Hackthon, रोजगार कोशी पेभिलियन, डिजिटल पेभिलियन, विटुवि विराट बजार, बिजनेश क्लिनिकलाई विशेष आकर्षणको रुपमा समावेश गरिएको छ । त्यसैगरी कृषि, पर्यटन, खाद्य, स्वास्थ्य, शिक्षा, अटोमोबाईल लगायतको सहभागिताका अलावा उद्यमशीलता विकासका लागि आवश्यक पर्ने सबै प्रकारका व्यवसाय विकासका सेवाहरु प्रदर्शन हुने गरी व्यवस्था मिलाइएको छ । एक्स्पो अवधिमा हरेक दिन विभिन्न थिमेटिक सेसनहरु सञ्चालन गर्ने कार्यक्रम रहेको छ । पर्यटन प्रबर्द्धन गर्न गन्तव्यहरूको प्रवर्द्धन, पर्यटन पूर्वाधार, सांस्कृतिक पर्यटन विकास, पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्ने फरवार्ड र ब्याकवार्ड लिंकेज अभिवृद्धि गर्ने विभिन्न क्रियाकलापहरू सञ्चालन गरिनेछ ।  

उद्योग सङ्गठन मोरङले विगत केही समयदेखि व्यावसायिक विकासको ईको सिस्टमलाई प्रवर्द्धन गर्ने अभिप्रायले  फाउण्डेसनका रुपमा गर्दै आएको कार्यलाई Center for Excellence स्थापना गर्ने भावनाका साथ यसपटकको आठौं संस्करणमा बिराट बजार बिटुबि, विराटनगर इन्कुबेश सेन्टर एवं भिजन कोशी हाकाथन, रोजगार कोशी: प्राविधिक शिक्षाको महत्वबारे करिअर काउन्सेलिङ, डिजिटल कोशी: एआई कन्फेरेन्स, थिमेटिक सेसनहरुलाई विशेष महत्वका साथ समावेश गरेको छ ।

यस पटकको विराट एक्स्पो २०२५ को थिम, माष्कट र मुख्य कार्यक्रम, हाइलाइट तथा आकर्षणहरु

विराट एक्स्पो २०२५

मिति: २०८१ माघ ११ देखि २० गतेसम्म
स्थान: डिग्री क्याम्पस परिसर, विराटनगर १४
समय: बिहान १० देखि राती ८.०० बजेसम्म

पेभिलियन तथा स्टल सङ्ख्या: २६८ वटा

एक्स्पोमा ९ पेभिलियन रहने छ । जसमध्ये बिराटबजार बिटुबि (१२ वटा स्टल), स्टार्टअप भिजन कोशी ह्याकाथुन  (१२ वटा स्टल), रोजगार कोशी (१२ वटा स्टल), व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि (४० बटा स्टल), अटोमोवाइल्स (२० वटा स्टल), औद्योगिक (७५ वटा स्टल), औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईज (७५ वटा स्टल), खाद्य (१० वटा स्टल) र प्रायोजकका (१२ वटा स्टल) रहने छन ।

थिम: Digital Koshi : Bridging Innovation & Investment

कृषि, उद्योग तथा पर्यटन लगायतका आर्थिक एवं औद्योगिक कृयाकलापहरुमा डिजिटल प्रविधिको प्रयोग र प्रविधिमा आधारित नविनतम ज्ञान एवं लगानीलाई समन्वयात्मकरुपमा प्रोत्साहन गर्न यसपटक डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट थिम चयन गरिएको छ ।

माष्कट: माष्कटमा एक रोबोटको चित्र छ । रोबोटको अर्थ अब स्वचालित यन्त्रको प्रयोगलाई बढाउनुपर्छ र हामीले अटोमेसनलाई आत्मसात् गर्नुपर्छ भन्ने हो । रोबोटको शरीर मकैको घोगाले कृषि क्षेत्रको उत्थान, हातमा उद्योगको भवनले डिजिटल प्रविधिमा आधारित कृषिजन्य उद्योगलाई प्राथमिकता, शिरमा सगरमाथाको चित्रले पर्यटन विकासलाई जनाएको छ । डिजिटल प्रविधिमा आधारित कृषि, कृषिजन्य उद्योग र पर्यटनको विकास नै यस मासकटको मूल सन्देश हो ।

१) Birat Bazzar B2B

विराट बजार विटुवि पेभिलियन विराट एक्स्पो २०२५ को महत्वपूर्ण आकर्षण हो । औद्योगिक विकासका लागी व्यवसायिक विकासका सेवाहरुको इकोशिष्टम अभिवृद्धि गर्ने संगठनको मुख्य कार्यक्रमहरु उजागर गर्ने यस पेभिलियनलाई सङ्गठनले सेन्टर फर एक्सिलेन्सका रुपमा अघि बढाएको छ ।

२. गुणस्तरिय व्यवस्थापन प्रणालीस्वः परिक्षणको व्यवस्था

उद्योगी व्यवसायीले आफ्नो उद्योग, औद्योगिक प्रतिष्ठानहरुको गुणस्तर मापदण्ड प्रणाली अनुसार कस्तो अवस्थामा छ, अनुपालना गर्नु पर्ने प्रावधानहरुको पालना भएको छ छैन लगायत समग्र आफ्नो उद्योगको अवस्था एवं क्षमताका बारेमा स्वः गुणस्तरिय व्यवस्थापन प्रणालीको परिक्षण गर्न सक्ने छन । डिजिटल प्लेटफर्म मार्फत आफै मोबाइल मार्फत आफ्नो उद्योगको व्यवस्थापकिय क्षमताका आँकलन गर्ने र सो को नतिजा तुरुन्त प्राप्त गर्ने गरि व्यवस्था मिलाइएको छ ।

३. भर्चुअल बिजनेश क्लिनिक

यसपटकको एक्स्पोमा बिजनेश क्लिनिकलाई भर्चुअल प्लेटफर्मका रुपमा विकास गरि अवलोकनकर्ता उद्योगी व्यवसायीहरुको उद्योग विशेषका समस्याहरुलाई दर्ता गराउने व्यवस्था मिलाइएको छ ।

४. Biratnagar Incubation Centre : Vision Koshi Hackathon and Startup Conference

यस हाकाथनमा १० दिनको प्रतिष्पर्धा गराईने छ । नविनतम व्यवसायिक आइडिया भएका युवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्ने उद्देश्यले गर्न लागिएको यस पेभिलियनमा कृषि, उद्योग र पर्यटन क्षेत्रका समस्यालाई प्रविधिमा आधारित बिजनेश विकास गर्न इच्छुक युवाहरुलाई छनौट गरि १० कार्यदिनमा समाधान निकाल्ने गरि ह्याकथुन कार्यशालामा राखिन्छ र कार्यक्रमको अन्त्यमा इन्भेष्टर्स मिट तथा नीतिगत छलफलका स्टार्टअप कन्फेरेन्स समेत आयोजना गरिने छ ।

५) रोजगार कोशी

रोजगार कोशी पेभिलियन अन्तरगत युवाहरुलाई करिअर काउन्सेलिङ गर्दै  हस्पीटालिटी, आईटि र इलेक्ट्रिकलका क्षेत्रमा एक्स्पो अवधीमा १८०० जनालाई प्रत्यक्ष तालिम दिने, प्रमाण पत्र दिने, करियरको मार्गवृत्तीको अवस्था देखाउने, उपलब्ध रोजगारीका अवसरमा सम्पर्क स्थापित गर्ने कार्यक्रम रहेको छ ।

६) इनर्जि ईफिसियन्सी कार्यक्रम

सङ्गठनले सञ्चालन गरेको इनर्जी ईफिसियन्सी सम्बन्धी कार्यक्रम अन्तरगत इनर्जी अडिट, फायर सेफ्टी अडिट लगायतका सेवाहरुका बारेमा एक्स्पो अवधीमा जानकारी गराई उद्योगीहरुलाई इनर्जी इफिसियन्सी अडिटका लागी प्रोत्साहित गर्ने कार्यक्रम रहेको छ ।

७) मेरो  देश मेरै उत्पादन अभियान

स्वदेशी उत्पादनको प्रवर्धनका लागी सञ्चालन गरिएको अभियान मेरो देश मेरै उत्पादनलाई प्रबर्द्धन गर्न अनलाईनबाट आवेदन माग गरि ईच्छुक स्वदेशी उद्योगी व्यवसायीको ब्राण्डिङमा सघाउ पुर्याईने छ ।

८) डिजिटल तथा विजनेश डेभलपमेन्ट सर्भिस पेभिलियन

यस पेभिलियनको पहिलो खण्डमा आईटि तथा डिजिटल प्रविधिको क्षेत्रमा नेपालमा उपलब्ध प्रविधि, प्रोसेस, पूर्वाधार, उपकरण तथा पद्दतीहरु समेटिएको छ । दोश्रो खण्डमा बैंक तथा वित्तिय संस्था एवंम फण्ड म्यानेजमेन्ट कम्पनीहरु, विमा, परामर्शदाताहरु, सरकारका औद्यौगिक विकासका उपलब्ध सेवाहरू तथा प्रकृयाहरु, शैक्षिक स्वास्थ्य तथा अन्य क्षेत्रका का बारेमा सूचना सेवाहरू एक्स्पोमा समावेश गरिएको छ ।

९) थिमेटिक शेसन

एक्स्पो अवधीभर विविध विषयमा थिमेटिक शेशनहरुको आयोजना गरिने छ । बिशेषतः उद्यमशीलता विकासको सन्दर्भमा नीतिगत, कानुनी, प्रकृयागत बिषयहरुमा संघिय सरकार, प्रदेश सरकार, स्थानीय सरकारका साथै विषयगत विज्ञहरु र वहुपक्षिय सरोकारवालाहरुको सहभागितामा गहन छलफल तथा बहस गर्ने गरिने छ । आठ दिन ईन्टरप्राईजिङ ईष्ट, डिजीटल कोशी अन्तर्गत ए.आई प्रविधिको विकास र यसको वढदो उपयोगिता, वहुपक्षिय व्यापारको सम्भावना, टिभेट ईकोसिस्टमको सुदृढिकरण, स्टार्टअप, कोशी प्रदेशको औद्योगिकीकरणमा गुणस्तरीय उर्जाको उपलब्धतता विषयक थिमेटिक सेसन र अन्त्यमा उद्योग संगठन मोरङको विजनेश क्लिनीकमा उद्योग मन्त्रीज्यूको उपस्थितीमा उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएका समस्याका सम्वन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

१०) थिमेटिक फैशन शो

प्रविधि विकाससंगै मानिसको दिनचर्यामा भइरहेको परिवर्तनलाई मध्यनजर गरी प्रविधि र फैशनको फयूजन गरी एक्स्पो अवधिमा थिमेटिक फैशन शोको आयोजना गरिने छ ।

११) उत्कृष्ठ उद्यम्मी पुरस्कार

एक्स्पोमा सहभागीहुने सबै प्रदर्शनकर्ता उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्न  कृषि, उद्योग, ब्यापार, अटोमोवाईल्स, स्पन्सर/पेभिलियन/अन्तर्राष्ट्रिय विधाहरुमा उद्योगीहरु छनौट गरि समापनका अवसरमा पुरस्कृत गरिने कार्यक्रम छ ।

१२) सांस्कृतिक कार्यक्रम

एक्स्पो अवधिमा प्रत्येक दिन साँझ राष्ट्रिय रुपमा ख्यातिप्राप्त पूर्ण राई, लाहुरे, मंकी टेम्पल, जेम्सी, तृष्णा गुरुङ, रक हेडस, एकदेव लिम्वु, सौरभ भट्टराइ, शैलेश निरौला, अस्मिता अधिकारी, मिस्टर डि, हुमन आचार्य, स्वप्न सुमनका साथै स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ ।  

१३) विद्यार्थीहरुका लागी बिशेष कार्यक्रम

यस एक्स्पोमा विद्यार्थीहरुका लागी गाईडेड टुरको व्यवस्थापन गरिएको छ । विद्यार्थीहरुलाई विराट एक्स्पोमा रहेको पेभिलियन र तालिम अवलोकन गराईनेछ र ४ वटा स्थानमा बिटुबि, रोजगार, स्टार्टअप र डिजिटल पेभिलियनमा आधा आधा घण्टाको अन्तरकृया गरि त्यस बारे जानकारी गराईनेछ । हरेक दिन विभिन्न विज्ञ तथा मेन्टरहरुसंग साक्षात्कार गराईने छ । प्लस टु र सो भन्दा माथी अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि प्रत्येक दिन ५ वटा कलेजका बढिमा प्रति कलेज ५० जना विद्यार्थीहरुको समुहलाई सम्बन्धीत कलेजले सहभागी गराउने छ । बिहान १० बजेदेखि ११ बजेसम्म दैनिक रुपमा सञ्चालन हुने यस कार्यक्रममा प्रवेश पास निशुल्क गरिएको छ । यसका लागी संगठनको वेवसाईटमा गई कलेजहरुले समय बुक गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

१४) प्रवेश शुल्क सम्बन्धी व्यवस्था  

बिहान १० बजे देखि दिउसो ३.३० बजेसम्म प्रवेश शुल्क रु १००, दिउसो ३.३० बजेदेखि ४.०० बजेसम्म आधा घण्टा ब्रेक, दिउँसो ४ बजेदेखि पछि रु २०० कायम गरिएको छ ।

विराट एक्स्पो २०२५ कोआन्तरिक तयारी सबै पुरा भईसकेको छ । र अब हामी फिल्डको निर्माणको चरणमा प्रवेश गरेका छौ । एक्स्पो सम्बन्धीका सबै सूचना तथा अपडेटहरु संगठनको वेवसाईट www.cim.org.np मार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

एक्स्पोको टाईटल स्पोन्सरका रुपमा कम्पनीको नाम साईमेक्स प्रा.लि. वि.वाई.डि रहेको छ । विवाईडि विराट एक्स्पो २०२५ को टाइटलबाट यस पटकको एक्स्पो आयोजना हुनेछ । विवाईडिले विराट एक्स्पोमा मात्रै होइन, संगठनका कार्यक्रमहरु बिशेषगरि बिराट बजार बिटुबि, स्टार्टअप हाकाथन, रोजगार कोशीको सञ्चालनमा समेत छुट्टै सहयोग गरेको छ ।

विशेषतः उद्यमलिशता विकासको इकोशिष्टम विकासमा फाउण्डेसनका रुपमा रहेका संगठनका कार्यक्रमहरुलाई यसरी उच्च महत्वका साथ गरेको सहयोग प्रति विवाईडि लाई हार्दिक आभार प्रकट गर्दछौ । त्यसैगरि, गोल्ड स्पन्सरमा सेन्चुरी स्पाईसेस एण्ड स्यान्क्स, वैंकिङ पार्टनरमा नविल वैंक लि., इन्स्यारेन्स पार्टनरमा एन.एल.जि इन्स्योरेन्स, सिल्भर स्पन्सरमा वागमति आयल ईण्ड, पूर्वाञ्चल ल्यूव आयल, लोक्ता, क्वालिटी, निमेटो टाईल्स, ईको फयाव, सानिमा वैंक लि., शिखर इन्स्योरेन्सरहेको छ । प्रवद्र्धकमा कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश रहेको छ । 

सहयोगी संस्थामा मोरङ उद्योग व्यापार संघ, डिग्री क्याम्पस विराटनगर रहेको छ। Contributors मा नेपाल मल्टिट्रेड सेन्टर, एम एम गु्रप, आर.के.जी ग्रुप, कावरा जी ग्रुप, फुजिमा आयल कम्पनी, प्रिमीयर वायर्स, न्यू ए.सि.सि. ईट्टा उद्योग प्रा.लि., पशुपति पोलिप्रोपलिन ईण्ड प्रा.लि., रविन्द्र होजियारी ईण्ड रहेको छ । Knowledge Partner मा पूर्वाञ्चल विश्वविद्यालय, TVET Partner मा इन्स्योर परियोजना, स्टार्टअप पार्टनरमा सहज, ईन्टनरनेट पार्टनरमा नेपाल टेलिकम, Digital Partner मा Partner मा CAN Federation Morang, Automobile Partner मोरङ अटोमोवाईल डिलर एशोसिएसन (माडा), Techonology Partner, Baliyo Ventures, Techfinity Solution, Icecream Partner Baby Icecream, Surveillance Partner Jovision, Event ManagementIntroduction Trade Shows Nepal Pvt. Ltd, Interior Partner MIS Interior, Branding Partner Pigeon Adverising/Outdoor Advertisisng Partner आकृति एडभरटाइजिङ रहेको छ ।

रोजगारी कोशी पेभिलियनमा सञ्चालन हुने तालिममा सहकार्य साष्थम कलेजले कफि, मनमोहन प्राविधिक विश्वविद्यालयले मोटर वाईन्डिङ, टेक्फिनिटि सोलुसनले सिसि टिभि, टिभेट पार्टनरमा स्विस सहकारको सहकायोगमा सञ्चालित इन्स्योर, क्यालीटी तथा एनभिक्युयस परियोजना रहेका छन । त्यसैगरि, भिजन कोशी हकाथनमा विराटनगर महानगरपालिका, पूर्वाञ्चल विश्वविद्यालय कार्यान्वयन, प्रवद्र्धकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, अमेरिकन कर्नर विराटनगर, सहज, Industrial Enterprises Development Institute, किगंस कलेजले नलेज पार्टनर, इकोशिष्टिम पार्टनरमा एन्जल ईभेन्ष्टर विराटनगर, वलियो भेन्चर, एक्सेस आउटसोर्स, विकल्प, टेक्फिनीटी, आवर विराटनगर, पिजन एडभरटाईजिङ रहेको छ ।

अन्त्यमा, एउटा प्रष्ट थिममा आयोजना गर्न लागिएको यस एक्स्पोलाई भब्य बनाउनका लागि संगठनको सम्पूर्ण टिम युद्धस्तरमा परिचालित भएको छ । आदरिणय पत्रकार मित्रहरु तपाईहरुले संगठनका हरेक कृयाकलापहरुलाई यहाँको लोकप्रिय सञ्चारमाध्यमबाट आम सरोकारवाला माझ पुर्याइ सधैं सहयोग गरिरहनु नै भएको छ यस प्रति तपाई तमाम सञ्चारकर्मी मित्रहरुमा हार्दिक आभार प्रकट गर्दैयस पटकको विराट एक्स्पो २०२५ का बहुआयामिक पक्ष तथा सूचनाहरूलाई सम्पे्रषण तथा प्रचार–प्रसार गरी सदाझैँ एक्स्पोलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याइदिनुहुन सम्पूर्ण सञ्चारकर्मी मित्रहरूमा हार्दिक अनुरोध गर्दछौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *