निर्माण व्यवसायी संघ इलाममा नेतृत्व चयन
इलाम । इलाम सदरमुकाममा सम्पन्न निर्माण व्यवसायी संघ इलामको २१औं साधारणसभा तथा १०औं अधिवेशनबाट नयाँ पदाधिकारी चयन भएका छन् । महिला उपाध्यक्ष, महासचिव र सचिव सर्वसम्मत भएका हुन् भने अन्य पदमा निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन गरिएको थियो ।
संघको अध्यक्षमा डिल्ली खनाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा नवीन तामाङ्ग निर्वाचित भएका छन् । उपाध्यक्षमा श्रीजन देवान, महिला उपाध्यक्षमा मञ्जु कार्की र महासचिवमा सुरज अधिकारी चयन भएका छन् ।
संघको सचिवमा सूर्य कार्की तथा कोषाध्यक्षमा पुष्कर बुर्जा चयन भएका छन् । सदस्यमा सुप्रिम राई, प्रितम लिम्बु, गञ्जु प्रधान, रोशन महत, ज्ञानबहादुर प्रधान र खगेन्द्र बुढाथोकी चुनिएका छन् ।
यसैगरी, लेखा समिति संयोजकमा नीलबहादुर चौहान तथा सदस्यमा जीवन शर्मा र सुरेन भण्डारी चयन भएका छन् ।
प्रतिक्रिया
