अन्तरिक्षमा उम्रियो भारतले पठाएको काउलीको बिउ

काठमाडौं । भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउ अङ्कुराएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले विज्ञप्ति जारी गर्दै अन्तरिक्षमा पठाएको काउलीको बिउमा चार दिनमा टुसा पलाएको जानकारी गराएको हो ।

इसरोले टुसा पलाएको काउलीको फोटो पनि सार्वजनिक गरेको छ । चाँडै पात पलाउने आशा रहेको इसरोको भनाइ छ ।

इसरोले डिसेम्बर ३० अर्थात् पुस १५ गते राति झन्डै १० बजे प्रक्षेपण गरेको ‘स्प्याडेक्स’ मिसनअन्तर्गतको यानमा काउलीको बिउ पनि पठाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

स्प्याडेक्सको अर्थ अन्तरिक्षमा जडानको प्रयोग भन्ने हुन्छ । यो मिसनको मुख्य उद्देश्य अन्तरिक्षमा कुनै बस्तुको जडान वा खुल्ला गर्ने कुराको प्रयोग गर्नु हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *