सर्वोच्च अदालत बार एसोसिएसनमा डीएलएको प्यानल विजयी

काठमाडौँ । सर्वाेच्च अदालत बार एसोसिएसनको निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीनिकट गठबन्धन विजयी भएको छ । कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का उम्मेदवार वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन् ।

उपाध्यक्षमा डीएलए गठबन्धनका अम्बरबहादुर राउत, सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र सहसचिवमा पुनदेवी महर्जन विजयी भएका छन् । कोषाध्यक्षमा रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत विजयी भएका छन् ।

देशभरका बारमध्ये सर्वाेच्च बारलाई महत्वपूर्ण मानिन्छ । अघिल्लो कार्यकालमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्ष थिए । उनीपछि वरिष्ठ अधिवक्ता हरिशंकर निरौला अध्यक्ष भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *