३ जना चढेको मोटरसाइकल ट्रकमा ठोक्किँदा चालकको मृ*त्यु

विराटनगर । विराटनगर महानगरपालिका–१४ मा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । अरु दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार नयाँ भन्सार कार्यालयको एकीकृत चेकपोष्टबाट विराटनगरतर्फ आउँदै गरेको कोइला लोड गरिएको जेएच १५ जे ७१०३ नम्बरको ट्रकमा विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठोक्किएर दुर्घटना भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार ३ जना घाइते भएका थिए । घाइतेमध्ये मोटरसाइकल चालक विराटनगर–१५ का अन्दाजी १६ वर्षीय सुरज ठाकुरको मृत्यु भएको जोशीले बताए । उनका अनुसार उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ साँझ ६ बजेतिर सुरजलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।

मोटरसाइकलमा सवार विराटनगर–१५ का अन्दाजी १६ वर्षीय आदित्य साह र विराटनगर–१४ का अन्दाजी १८ वर्षीय विकासकुमार यादव घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये आदित्वको अवस्था मध्यम र विकासको अवस्था सामान्य छ ।

दुर्घटनालगत्तै कोइला लोड गरिएको ट्रक सडक छेउ पल्टिएको थियो । ट्रक चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *