जिप दुर्घटना हुँदा ४ जनाको मृ*त्यु

काठमाडौं । बझाङमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका तीन जना छन् ।

बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा धमेना नजिकै से १ ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बझाङका प्रहरी प्रमुख युवराज भण्डारीका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

चालक केदारस्यूँ गाउँपालिका–१ रायलका ३३ वर्षीय शमशेर मल्ल, तलकोटकी ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमनै मृत्यु भएको हो । धामीकी छ वर्षीया नातिनी आकृति धामीको जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *