नागरिक उड्डयन प्राधिकरणमा खुल्यो जागिर

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । रिक्त रहेका करार सेवाका विभिन्न १७ पदमा कर्मचारी माग गरिएको हो ।

करारमा हुने अनि स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि कर्मचारी माग भएको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरूले २१ दिनभित्र अनलाइनमार्फत दरखास्त फाराम भर्नुपर्ने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

दरखास्त फारामसाथ नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र, आफूले प्राप्त गरेको उद्धार तथा अग्नि निवारण सम्बन्धी आधारभूत तालिमका प्रमाणित प्रतिलिपिहरूका साथै विज्ञापनसँग सम्बन्धित पदको दरखास्त दस्तुर बुझाएको नगदी रसिद समेत पेस गर्न आग्रह गरिएको छ ।

प्राधिकरणले प्रकाशित गरेको सूचना–


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *