इटहरीमा ‘बम’ राखिएको हल्लापछि सतर्कता

सुनसरी । इटहरीका दुई स्थानमा आज मंगलबार बिहानै ‘शंकास्पद बस्तु’ भेटिएको छ । इटहरी उपनगरपालिकाको कार्यालय अगाडि रहेको घुम्ती पसल र बुढीखोला पुलमा शंकास्पद बस्तु भेटिएको हो ।

सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार उपमहानगरपालिका अगाडिको शंकास्पद बस्तु सेनाको टोलीले निस्क्रिय पार्ने काम गरिरहेको छ ।

बुढी खोला पुल मुनि एउटा बोरा भेटिएको छ । बोरामा शंकास्पद बस्तु भएनभएको विषयमा तालिम प्राप्त कुकुरसहितको टोली खटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरी र पकलीमा राजावादी समूहको नाममा भोटेपुल, बुढीखोला र उपमहानगरपालिका अगाडि ‘कालो झोलामा बम राखेको’ भन्ने हल्ला बिहानैदेखि फैलिएको थियो ।

प्रहरी उपरीक्षक तिम्सिनाका अनुसार राजावादी समूहको नाममा बम राखेको भन्दै प्रहरीलाई सूचना आएको थियो । बिहानैदेखि बम राखिएको भन्ने हल्ला फैलिएपछि प्रहरी सतर्कता बढाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *