नेपाली आरोही पूर्णिमा सीएनएनको ‘साहसी खेलाडी’ सूचीमा

काठमाडौँ। कीर्तिमानी नेपाली आरोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सीएनएनको साहसी खेलाडीको सूचीमा परेकी छिन् । उनी सीएनएनको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ड लिमिट इन २०२४’ को सूचीमा परेकी हुन् ।

पूर्णिमाले दुई हप्तामै तीन पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएकी छन् । गत मे १२, १९ र २५ मा उनले लगातार सगरमाथाको आरोहण गरेकी थिइन् ।

सूचीमा परेपछि पूर्णिमाले सामाजिक सञ्जालमार्फत गौरव महसुस गरेको उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘यो वर्ष, सन् २०२४ मेरो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुग्यो । यसै वर्ष म एउटै आरोहण सिजनमा तीन पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने संसारकै पहिलो र एकमात्र महिला बन्न सफल भएँ ।’

विश्वको सातौँ अग्लो हिमाल धौलागिरी आरोहण गर्ने पहिलो नेपाली महिलाको कीर्तिमान पनि बनाएकी उनले सन् २०२१ मा पासाङ लाह्मु शेर्पा अकितासँग धौलागिरी आरोहण गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *