डीपीएल नेपालको नयाँ केन्द्रीय समिति चयन

विराटनगर । डाइनामिक पब्लिक लाइब्रेरी (डीपीएल) नेपालको विराटनगरमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयन भएको छ ।

अनु भण्डारीको अध्यक्षतामा चयन भएको समितिमा निवर्तमान अध्यक्ष बालचन्द्र कार्की, वरिष्ठ उपाध्यक्षमा दिवश खतिवडा, महासचिवमा गुणराज गिरी छन् ।

यसैगरी, कोषाध्यक्षमा श्रेयश्री थापा, उपापध्यक्षहरुमा जीवन सापकोटा, कमलप्रसाद गैरे र आयुस बाटाजु चुनिएका छन् । समितिको निर्देशकमा सञ्जीव पाठक, अनुज दाहाल र मनिष गिरी चयन भएका छन् ।

विराटनगरको श्रीकृष्ण होटलमा सम्पन्न महाधिवेशनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए । उद्घाटन सत्रमा विभिन्न क्षेत्रका प्रतिनिधिहरु गरी दुई सयभन्दा बढीको सहभागिता रहेको डीपीएल विराटनगरका अध्यक्ष अनुज दाहालले जानकारी दिए ।

डीपीएल विराटनगरको आतिथ्यमा भएको महाधिवेशनको क्रममा आर्थिक प्रतिवेदन, महासचिवको प्रतिवेदन, अध्यक्षको प्रतिवेदनका साथै विभिन्न शाखाहरुको प्रतिवेदन प्रस्तुत भइ पारित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *