समाजवादीको कोशी इन्चार्जमा राई, सहइन्चार्ज ९ जना
विराटनगर । नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश इन्चार्जमा राजेन्द्र राई चयन भएका छन् । उपमहासचिव रहेका उनलाई पार्टी स्थायी कमिटीको निर्णयअनुसार कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको हो । उनी प्रदेशका पूर्व मुख्यमन्त्री हुन् ।
कोशी प्रदेशमा ९ जनालाई सहइन्चार्ज बनाइएको छ । कार्यविभाजन सूचीअनुसार बलदेव चौधरी, धर्म निरौला, भवानीप्रसाद खापुङ, महेश रेग्मी, राजन राई, केशवकुमार विष्ट, खिनु लङवा लिम्बु, जीवन राई र विद्या चाम्लिङलाई सहइन्चार्ज तोकिएको छ ।
प्रतिक्रिया
