नेपालमा मंकिपक्स पुष्टि, सतर्कता अपनाउन आग्रह

काठमाडौं । एक जना नेपाली मंकिपक्स रोग पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन नागरिकहरुलाई सचेत गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको हो ।

बिहीबार साउदीबाट फर्किएका एक युवालाई जाँच गर्दा पंकीपक्स पोजेटिभ देखिएको थियो । त्यसपछि सरकारले निगरानी पनि गर्न थालेको छ ।

संक्रमण पुष्टि भएका वा शंकास्पद व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजान मन्त्रालयले सचेत गराएको छ । मन्त्रालयले मंकीपक्ससँग मिल्दो लक्षण भेटिए अस्पताल गएर चिकित्सकको सल्ला लिने र मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन सूचित गरेको छ ।

मंकिपक्सबाट बच्न अपनाउनु पर्ने सावधानीबारे पनि जानकारी गराइएको छ । के के गर्नुपर्छ ?

–संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने

–संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरुपमा जनस्वास्थ्य मापदण्डहरू पालना गर्ने

–घाउसँग प्रत्यक्ष सम्पर्क हुने जोखिम भए पन्जा लगाउने,

–नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गर्ने

–संक्रमित व्यक्तिका लुगा तथा सामानहरू तातो पानी साबुन र डिटर्जेन्टले धुने

–मंकीपक्सको पुष्टि भइ मरेका जनावरको सम्पर्कमा नजाने, संक्रमितको सम्पर्कमा आएका व्यक्तिले परीक्षण गर्ने

–संक्रमितको सम्पर्कमा आएको सतह, स्थान वा कोठा डिटर्जेन्टले निसंक्रमण गर्ने

–मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने

–फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कार्य गर्ने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *