सुनिल ग्रोवरले विराटनगरमा प्रस्तुति दिने

काठमाडौं । भारतीय हास्य कलाकार सुनिल ग्रोवरले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा विराटनगरमा प्रस्तुति दिने भएका छन् । टेलिभिजन कार्यक्रममा अभियन गरेर चर्चित ग्रोवरले जनवरी ४ मा उनले प्रस्तुति दिने भएका हुन् ।

नयाँ वर्षको अवसर पारेर विराटनगर सेन्ट्रलले नमस्कार रिजेन्सीमा ‘सुनिल ग्रोवर न्यु इयर ब्यास’ गर्न लागेको हो । ‘डाक्टर गुलाटी’को रुपमा चर्चित ग्रोवरले पछिल्लो समय नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेको ‘द ग्रेट इन्डियन कपिल शो’ मा प्रस्तुति दिइरहेका छन् ।

सोनी टिभीमा प्रसारण भएको ‘द कपिल शर्मा शो’ बाट उनी चर्चामा आएका थिए । उनले त्यसमा रिंकु भाबी र डा. महसुर गुलाटीको भूमिकामा अभिनय गरेका थिए । सुनिलले केही साताअघि काठमाडौंको एभरेस्ट होटलमा प्रस्तुति दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *