मानव अधिकार मञ्चमा सर्वसम्मत
इलाम । मानव अधिकार मञ्च नेपाल इलामको १०औं अधिवेशनबाट सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ । संस्थाको अध्यक्षमा मोहनसिंह थेबे चुनिएका छन्।
यसैगरी, उपाध्यक्षमा डिमला राई, सचिवमा शर्मिला राई, कोषाध्यक्षमा शारदा सुब्बा र सहसचिवमा साबित्रा शिवा चयन भएकी छन् ।
कार्यसमिति सदस्यमा केशरी तिम्सिना, कुलदीप घिमिरे र कार्यकारी निर्देशक (पदेन सदस्य) मा देबेन्द्र विश्वकर्मा छन् ।
प्रतिक्रिया
