घरभित्र निसास्सिएर आमा छोराको मृ*त्यु

काडमाडौं। सुर्खेतमा घरभित्र निसास्सिएर आमा छोराको मृत्यु भएको छ। वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमा छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुर्खेतका डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापाको निसास्सिएरमृत्यु भएको हो।

देवीसराका ९ वर्षीया छोरी रिया थापा घाइते भएकी छन्। उनको अवस्था गम्भीर रहेको उल्लेख गर्दै कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटना बुधबार रातिको भए पनि बिहीबार मात्र जानकारी आएको प्रहरीको भनाइ छ। बेलुका खाना खाएर सुतेको अनि बिहान अबेरसम्म घरबाट कोही ननिस्किएपछि प्रहरीलाई स्थानीयले जानकारी गराएका थिए।

घरभित्र कोइला बालेको र धुवाँमा निसास्सिएको प्रारम्भिक अनुसन्धानमा देखिएको डीएसपी विश्वकर्माले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *