मर्मत गर्ने क्रममा ट्रकले किचिएर चालकको मृत्यु

इलाम । मर्मत गर्दै गर्दा ट्रकले किचिएर चालकको मृत्यु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका-३ सल्लेरीमा भएको घटनामा चालक पाँचथरको हिलिहाङका ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको हो ।

काठ बोकेर गइरहेको ना ३ ख ६०३७ नम्बरको ट्रक रवि-दमक सडकखण्डमा बिग्रिएको थियो । चालक तामाङले मर्मत गर्दै थिए । चक्काको नटबोल्ट भाँचिएपछि जग उठाएर मर्मत गर्दै थिए ।

प्रहरीका अनुसार जग भासिएर उनी च्यापिएका थिए । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार सिकिस्त घाइते भएका उनको आज मंगलबार बिहान मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *