कोरियामा आयोजित लगानी सम्मेलनमा नेपाली युवा उद्यमी

विराटनगर । दक्षिण कोरियामा आयोजित नेपालमा लगानी बारेको सम्मेलनमा नेपाली दुई जना युवा उद्यमीले सहभागिता जनाएका छन् ।

सोलस्थित नेपाली दूतावासले मंसिर ३० गते बुसानमा आयोजना गरेको कार्यक्रममा युवा उद्यमीहरु प्रतीक राउत र प्रत्युष राउतले सहभागिता जनाएका हुन् । उनीहरुले पुस २ गते मंगलबार सोलमा आयोजना हुने ‘नेपालमा लगानी र व्यापारका अवसरहरु’ विषयक कार्यक्रममा पनि सहभागिता जनाउने भएका छन् ।

उद्योग वाणिज्य मन्त्री दामोदर भण्डारीसमेत सहभागी भएको कार्यक्रमले नेपालमा लगानीका बढ्दो अवसरहरूलाई उजागर गर्ने जनाइएको छ । यस क्रममा नेपाल र कोरियाका व्यवसायी प्रतिनिधिहरूबीच व्यापार–व्यवसाय –बीटुबी) बैठकहरू समेत समावेश हुनेछ ।

ट्रेड एण्ड इनभेस्टमेन्ट प्रोमोशन फ्रेमवर्क (टीआइपीएफ) हस्ताक्षर समारोहसँग समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको हो । उक्त समारोह पुस ३ गते कोरियन चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्री (केसीसीआई) मा हुने तय गरिएको छ ।

नेपाल-कोरिया चेम्बर अफ कमर्सका अध्यक्ष किरण साखको नेतृत्वमा कोरिया गएको टोलीमा नेपालबाट सरकारी तथा निजी क्षेत्रका व्यक्तिहरु सहभागी छन् ।

यसैबीच, उद्योग वाणिज्य मन्त्री भण्डारीले नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा बुसान चेम्बर अफ कमर्सको सहयोग एवं कोरियास्थित नेपाली दूतावास कोरिया र कोरिया नेपाल इन्टरनेसनल एक्सचेन्ज एसोसिएनको आयोजनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको भन्दै ्ढुक्कका साथ लगानी गर्न कोरियन लगानीकर्तालाई आग्रह गरे । कोरियाले अपर त्रिशूलीमा गरेको लगानीले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुगेको भन्दै प्रशंसा गरेका थिए ।

कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहेको र आगामी दिनमा नेपाल र कोरियाबीचको आपसी सम्बन्ध थप उचाइमा पुर्याउनुपर्ने बताउँदै मन्त्री भण्डारीले नेपालको उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न आग्रह गरेको उनका प्रमुख स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए।

नेपालमा लगानी गरी व्यवसाय प्रवर्द्धन र थप रोजगारी सृजना गर्न कोरियन लगानीकर्ताहरुलाई सरकारका तर्फबाट गर्नुपर्ने सबै किसिमको सहजीकरण गर्ने प्रतिबद्धता मन्त्री भण्डारीले व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *