३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
झापा । झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमक नगरपालिका–१० सेतुमारी चोक नजिक दुर्घटना भएको हो ।
प्रहरीका अनुसार सेतुमारीबाट बालुबथानतर्फ जाँदै गरेको प्रदेश नम्बर ्१–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आइतबार राति अनियन्त्रित भई दुर्घटना भएको थियो ।
मोटरसाइकलमा तीन जना सवार रहेको उल्लेख गर्दै प्रहरीले तीमध्ये गौरादह नगरपालिका–५ की ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँकी २५ वर्षीया मनचरी भनिने ओम कुमारी राईको मृत्यु भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–८ का २७ वर्षीय विराज थापा घाइते भएका छन् । उनको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल बिर्तामोडमा भइरहेको छ ।
प्रतिक्रिया
