एसीसी महिला एसिया कपमा पाकिस्तानको सामना गर्दै नेपाल

काठमाडौं । मलेसियामा जारी एसीसी यु-१९ महिला एसिया कपमा नेपालले आफ्नो पहिलो खेल आज सोमबार पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो पौने १२ बजे हुनेछ ।

आईसीसी यु–१९ विश्वकपको तयारीसमेत रहेको एसिया कपमा नेपालले पाकिस्तानलाई हराउने लक्ष्य राखेको छ । बलियो प्रतिस्पर्धीसँग खेल्न सिनियर टिममा समेत स्थान बनाइसकेकी पुजा महतोसँगै, सोनी पाख्रिन, साना प्रविन र कृष्मा गुरुङजस्ता उत्कृष्ट खेलाडी टिममा छन् ।

पाकिस्तानी टिम जुफिसान आयाजको कप्तानीमा छ । आक्रामक जुफसानले टिममा लामो पारी खेल्ने क्षमता राख्छिन् । २०२३ को विश्वकप पनि खेलेका हइना अहमर, कुरातुलैन पाकिस्तानका उत्कृष्ट खेलाडी हुन् ।

नेपाली टिमले घरेलु मैदानमा दुई साताको अभ्यास गरेर गत शुक्रबार मलेसिया गएको थियो । नेपाल यूएईमा भएको आईसीसी यु–१९ महिला टी–२० विश्वकप छनोटको विजेता बनेर एसिया कपमा पुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *