आमाप्रति समर्पित गर्दै कार्कीले ल्याइन् शोककाव्य

विराटनगर । आमाप्रति समर्पित गर्दै कवि शारदा कार्कीले शोककाव्य ‘आमा’ ल्याएकी छन् । छन्दवाटिका नेपाल, विराटनगरको आयोजनामा भएको कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको छ ।

छन्दवाटिका नेपालका अध्यक्ष कवि हरि कट्टेलको सभापतित्वमा र प्राज्ञ गङ्गा सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अतिथिहरुले संयुक्त रुपमा कृति सार्वजनिक गरे ।

समीक्षक प्रा. भूषण ढुङ्गेलले कृतिको समीक्षा गरेका थिए । कार्कीले आफ्नी आमाको समर्पणमा लेखेको यो कृति सुन्दर रहेको उनले बताए । कृतिका विभिन्न श्लोकहरू उधृत गर्दै उनले कृति छन्दमा बगेको र पठनीय रहेको उल्लेख गरे ।

प्रमुख अतिथि सुवेदीले उक्त कृति प्रकाशन गरेर कविले सबैलाई आमाप्रतिको श्रद्धा भाव जागृतिका निम्ति स्मरण गराएको बताइन् ।

छन्दवाटिकाका अध्यक्ष कट्टेलले कवि कार्की विराटनगरमा समर्पित भएर छन्दोबद्ध कविता लेखनमा लागेको पाएको र छन्दोबद्ध सिर्जना र सर्जकलाई मञ्च दिने र थप प्रोत्साहित गर्ने संस्थाको उद्देश्य रहेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि कविराज न्यौपाने, झापाका कवि तुलसी भट्टराई, गजलकार मधु पोखरेल, देवी पन्थी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

छन्दवाटिका सदस्य कविता चापागाईंले सहभागीहरुलाई स्वागत गरेकी थिइन् । झापाका कवि दुर्गा सिग्देलले कृति भित्रबाट केही श्लोक कविता वाचन गरेका थिए ।


प्रतिक्रिया

One thought on “आमाप्रति समर्पित गर्दै कार्कीले ल्याइन् शोककाव्य

  1. धेरै धेरै राम्रो दिदी हजुर का शब्द अनि रचना सबै त हेरेको छोइन तर बिस्तरै हेरेर आनन्द लिने छु आफ्नै दिदी कवि भन्न पाउद सारै आनन्द लग्छ धन्येबाद दिदि

Leave a Reply

Your email address will not be published. Required fields are marked *