डोनाल्ड ट्रम्प ‘पर्सन अफ द इयर’ घोषित

काठमाडौँ । विश्व प्रसिद्ध ‘टाइम म्यागजिन’ ले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ‘पर्सन अफ द इयर’ घोषित गरेको छ । नोभेम्बर ५ को निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै उनी निर्वाचित भएका थिए ।

यस वर्ष ट्रम्पलाई व्यापारिक घोटालाको अभियोगमा दोषी ठहर गरिएको थियो । दुईपटक हत्याको प्रयास गरियो । यी घटनापछि अन्त्यमा दुवै सदनमा रिपब्लिकन बहुमतका साथ ह्वाइट हाउस फर्कने तयारीमा रहेको अमेरिकी सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

वार्षिक रूपमा प्रदान गरिने उक्त उपाधि यस वर्षको सबैभन्दा प्रभावशाली व्यक्तित्वको स्वीकृति भएको जनाइएको छ । विगतमा यो उपाधि पाउनेमा पप स्टार टेलर स्विफ्ट, भ्लादिमर जेलेन्स्की र ट्रम्प स्वयं (सन् २०१८) छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *