सेन्ट जोसेफ स्कुल विराटनगरको होस्टलमा बस्ने २ जना विद्यार्थी ‘बेपत्ता’
विराटनगर । विराटनगरस्थित रहेको सेन्ट जोसेफ स्कुलको होस्टलमा बस्दै आएका दुई जना विद्यार्थी बुधबार रातिदेखि हराएका छन् । कक्षा १० मा अध्ययनरत १६ वर्षीय सुरज खड्का र रनवीर सिंह हराएका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार होस्टलबाट विद्यार्थी भागेको जानकारी आएपछि खोजी सुरु गरिएको छ ।
उनीहरु गाडी चढेर पश्चिमतर्फ गएको देखिएको उनले बताए । सिंहको घर जनकपुर हो । दुवैजना परिवारको सम्पर्कमा पनि नभएको पाइएको प्रहरीको भनाइ छ ।
स्कुलमा गल्ती गरेपछि उनीहरु भागेको पाइएको उल्लेख गर्दै डीएसपी जोशीले सीसी टिभी फुटेज हेर्दा कोशी राजमार्गको बरगाछीबाट राति नै गाडी चढेर गएको देखिएको बताए ।
प्रतिक्रिया
