ब्रेक फेल भएर गाडी खस्दा ५ जनाको ज्यान गयो
काठमाडौँ । जाजरकोटको कैना-कड्के सडकको वीरखोला नजिक बोलेरो गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुधबार ग ३ च ९८४५ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनामा नलगाड नगरपालिका-३ करुवाका ३१ वर्षीय गाडी चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन-को मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १९ वर्षीय जनक थापा र २१ वर्षीय जीवन विक घाइते भएका छन् । प्रहरीका अनुसार ब्रेक फेल भएर सडकबाट अन्दाजी ७ सय मिटर तल खसेर उक्त गाडी दुर्घटना भएको हो ।
प्रतिक्रिया
