बिर्तामोडका पूर्व मेयर बालिका बलात्कारको आरोपमा पक्राउ

झापा । घरमा कम गर्न राखिएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।

झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । घरको काम गर्दै पढाइदिने भनेर उनलाई शिवाकोटीले घरमा राखेको प्रहरीले जनाएको छ ।

काँकडभिट्टाबाट भारत जान खोज्दै गर्दा नाकामा रहेको आफन्त नेपाल नामक संस्थाको सहयोगमा प्रहरीले उनलाई उद्दार गरेको हो । बालिकाले घटनाका बारेमा सुनाएपछि प्रहरीले शिवाकोटीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार शिवाकोटीमाथि करणी आरोपको विषयमा अनुसन्धान भइरहेको छ ।

शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार भइ बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *