बेला चिनेर, बाटो हिँडेर हेरौं

विराटनगरमा नेपाली कांग्रेसको कोशी प्रदेश भेलामा नेता कार्यकर्ताका धेरै कुरा सुनियो । धेरै नेताजीहरु, मित्रहरु, साथीभाइका कुराहरु बारम्बार सुनियो । दोहोरियो पनि । पीठो कुटे पिठै हुन्छ । पूर्वावस्थामा आउँदैन, फिर्दैन ।

ऐतिहासिक व्यक्तित्व र उहाँहरुको योगदानको बारेमा हामीबाट पनि थप काम भइरहेको छ । तपाईंहरुको ममता, श्रद्धा र प्रयत्नले गर्दा तीनवटा गतिला कार्यकममा सहभागिता राख्न पाइयो । संस्थाभित्र नेता भनेको सार्वभौम जनताको क्षमता, अभिरुचि, जानेको बुझेको र महत्वको वोध भएको हुनपर्ने देखिन्छ ।

नेताजी उहाँको बोलीमा, विचार व्यवहारमा प्रमाणित हुने कुरा हो । यो तपाईं र तपाईंहरुको चेलाहरुको विकास होस् भन्ने चाहन्छु । कार्यक्रममा भावना, संलग्नता, सक्रिय सहभागिता, सीप, कला र क्षमताको प्रस्तुति गरेमामात्र आम सहभागी प्रतिनिधिहरुले थाहा पाउँदछन् ।

कोठाभित्र फुलेर बस्दैमा नेता देशभर फैलिन सक्दैन। अहिलेको अभियानमा यो तलका कुरामा जोड दिँदा के कसो होला?

आम युवालाई हामीले समृद्धिमा जोड्नका लागि काम र कार्यक्रमहरु गर्नु पर्दछ । जस्तै, रोजगारी भनेको काम गरेर कमाउने तरिका हो । पहाडी लोकमार्गमा भोजपुरको चखेवादेखि अरुणसम्म, अरुणदेखि धरानसम्मको राजमार्गको दायाँ बायाँतिर निजी र सरकारी जमिनमा बेला अनुसारको खेतीपाती गर्ने, बालीनाली लगाउने काम गर्ने, गराउने ।

त्यसबाट हामी जनताले रोजगारी पाउँदछौं । चिजबिज उत्पन्न पनि हुन्छ । बढी भएको उत्पादन धनकुटा, धरान, विराटनगरमा आउँदछ । बजारमा बिक्री र वितरण हुन्छ । त्यसमा बचत र लगानीको असल मोडल अभिन्न रुपमा जोड्न पर्दछ । त्यसले बीउ पुँजी सञ्चित भएर जाने छ । मासिँदैन । पूर्वमा त्यसरी नै बिर्तामोड, इलाम, पाँचथर फिदिम, ताप्लेजुङलाई समेट्न सकिन्छ ।

गर्ने, गराउने, कामको सोच, विचार, कल्पना, लेखन, नीति र कार्यकम तयार गर्ने, सो काम गर्न सानो सानो समूह बनाएर त्यसलाई कार्यान्वयन गर्न जिम्मा दिने र त्यसको अनुगमन मूल्याङ्कन गर्ने गराउनै पर्दछ । लेखिएका, सम्पन्न गरेका कामहरुको लगत, अभिलेख यहाँ लाइब्रेरीमा रकर्ड राखेर भविष्यका लागि उपयोग गर्ने काम गर्नै पर्दछ ।

जातीय प्रभुत्वको बस्ती भएको संवेदनशील घर गाउँमा सामाजिक साँस्कृतिक मोडल र मिश्रित बस्तीमा विकासको मोडलबाट यस्ता योजना र परियोजनालाई अगाडि लैजाने काम राम्रो र प्रभावकारी हुने देखिन्छ । शिल्पकारहरु, कालिगढहरु, श्रमजीवी वर्गको मान्छेको सीप जगेर्ना आवश्यक देखिन्छ । यो त २५० वर्ष अगाडि नै युरोपमा फान्सले थालेको मोडल थियो ।

हामीले चिया, खाना खाँदा अम्लिसो कुचोको धेरै बहुआयामिक महत्वको बारेमा कुरा गरेका थियौं । हरेक घरमा एक दुई वटा कुचो त जान्छ जान्छ । अझ कोठा डेरामा कोठा पिच्छेमा जान्छ । यस्तो हाम्रो गाउँ घरमा हजारौं कुराहरु गर्न गराउन सकिन्छ । त्यसको लागि चिया गफमा, औपचारिक तालिम भेटघाट गरेर काम गर्न सकिन्छ ।

उमेर अनुसारको अभिभावकहरुको साथमा रहेर नै उहाँहरुको अनुभव, सीप, ज्ञान, भावनालाई पनि लिपिवद्ध गरेर हाम्रो अभियानमा जोड्न पर्ने देखिन्छ । रुद्राक्ष दानाको वाहिरी भाग पनि जसलाई हामी गुदी भन्दछौ, त्यो पाक्ने बेलामा टिपेर, गुदी निकालेर घाममा सुकाइयो भने खाने चिउरा जस्तो चना वा सुपारी जस्तो बन्दछ । त्यसमा केही ग्लुकोज पनि भएकोले पोषिलो हुन्छ जो चराहरु, चमेराहरु, सुगाहरु जस्तो प्राणीहरुले खाने गर्दछन् । त्यसलाई बेलामा नै जम्मा गरेर राख्न सकिन्छ । हामीले प्रोत्साहन गर्न पर्दछ । जनाबर वचाइए सवैका लागि काम लाग्दछ ।

थप कुरा प्रकृतिबारे यो लाग्दछ कि यो त महान शक्ति हो जो परमेश्वरले पनि आत्मसात गर्दै उहाँको अनुसार चलेको हुँदा अहिलेको बेलामा हामीले उधौलीतिर आउने जाने हो । उभौलीतिर होइन । उमेरले अवस्थाले सकिँदैन ।

त्यसकारण नेपालको चुरे, तराई भित्री मधेश र खोँचहरुको अवस्था र स्थितिको बारेमा अहिले मिलेर काम गर्ने तयारी गर्नु पर्दछ । प्रकृतिभित्र माटो, पानी, बोटबिरुवा, हावा, जीवजन्तु समेतलाई हाम्रो जीवनका लागि विविध पक्षमा जोडेर लैजानु आवश्यक पर्दछ । यसले प्रकृति र वातावरणलाई पनि सन्तुलित गराउदँछ ।

राजनीतिलाई परै राखेर विद्यालय, कलेज, र सामाजिक संघ संस्थामा पनि विकासको मोडेलका बारेमा अब प्रदेशले बहससँगै काम थालनी गरोस् । किनकी व्यावसायिकताका लागि यो अभियान कारगर, हितकारी तथा उपलब्धिमूलक देखिन्छ । सुनेर, देखेर, गरेर भोगीकन जानिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *