‘कार्साङ’ मा आउँदै दयाहाङ

काठमाडौँ। दयाहाङ राई, जितु नेपाल, दीया मास्केको शीर्ष भूमिका रहेको फिल्म ‘कार्साङ’ को टिजर सार्वजनिक भएको छ। शेर्पा समुदायको कथा चित्रण गरिएको फिल्मले जीवन चलाउन झाँक्रीको परिवारले गरेको संघर्षबारे कथा बुनेको छ।

दयाहाङ यसमा झाँक्रीको भूमिकामा छन्। अभाव, गरिबी र निसन्तानपनले दिएको सास्तीले दाम्पत्य र सामाजिक जीवनमा आइलाग्ने अवरोधको कथा यो फिल्ममा छ।

याम शेर्पाको निर्देशन र पटकथा लेखनरहेको यो डेब्यु निर्देशकीय फिल्म हो । उनले आफ्नै समुदायको सांस्कृतिक र मानवीय सम्बन्ध आयामलाई फिल्ममा उतारेका छन् ।

फिल्ममा सिर्जना निङलेखु, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवनकुमार गोले, अमृत शेर्पा, राशी लिम्बु, सोहन थापाको अभिनय छ। ‘कार्साङ’ पुस २६ गते प्रदर्शन हुने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *