इलामको लारुम्बामा किरात धर्मावलम्बीको जमघट (फोटो फिचर)

लारुम्बा । किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङ्देन सेइङको ७१औं शुभ जन्मोत्सवको अवसरमा इलामको माङ्सेबुङ, लारुम्बामा आज विशेष कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा विभिन्न स्थानबाट भेला भएका हजारौँ किरात धर्मावलम्बीहरुको उत्साहजनक सहभागिता छ । कार्यक्रममा रक्षामन्त्री मानवीर राई, इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने संघीय सांसद सुहाङ, नेम्वाङ, प्रहरी-प्रशासनका उच्च अधिकारीहरु लगायतको सहभागिता छ ।

यसअघि यहाँ महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्तीको समापनको विधि गरिँदै आयोजना गरिएको थियो । उक्त विधि समापनसँगै मंसिर १८ गते उनका अनुयायी एवं किरातहरुका गुरु आत्मानन्द लिङ्देनको जन्मोत्सव समारोह आयोजना गरिएको हो ।

किरातहरुका महागुरू फाल्गुनन्दको अपूरो कार्य पूरा गर्न एवं विश्व शान्ति, अहिंसा, शुद्ध जीवन, धर्मले मात्र मानव एकताको सूत्रमा बाँधिइने धर्मोपदेश लगायत किरातधर्म एकताको सूत्रमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको मानिने धर्मगुरु लिङ्देनलाई उपस्थित सहभागीहरुले शुभकामना दिएका थिए ।

तस्बिरहरुः प्रतिमा माखिम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *