बगानझैँ छ जिन्दगी (गजल)

कतै नदी तलाउको मुहानझैँ छ जिन्दगी
कतै समुद्र माथिको तुफानझैँ छ जिन्दगी

नसम्झ आँधीमा परी उडेको पातझैँ छु म
सुरम्य शान्त फूलको बगानझैँ छ जिन्दगी

तिमी नबाँध प्रेमले मलाई दूर जानू छ
स्वतन्त्र भै चुली छुने उडानझैँ छ जिन्दगी

हुँदा तिमी थियोे खुसी थिएन दर्द देहमा
तिमीबिना हुँदै मेरो बिरानझैँ छ जिन्दगी

डटी म लाग्छु कर्ममा तथापि ठग्छ भाग्यले
मिलेन हर्ष,दुःखको निसानझैँ छ जिन्दगी

-नाम्सालिङ्ग, इलाम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *